शिक्षा विकास तथा समन्वय एकाइ

१.१ योजना तथा कार्यक्रम शाखा

यो शाखा जिल्ला भित्रका शैक्षिक योजना तर्जुमा बजेट कार्यान्वयन तथ्याङ्क व्यवस्थापन र छात्रवृत्ति समन्वयमा केन्द्रित रहन्छ।

  • जिल्ला स्तरीय शैक्षिक योजना र कार्यक्रमहरु तयार गर्न स्थानीय तहहरुलाई प्राविधिक सहयोग गर्ने कार्य;
  • जिल्ला भरका विद्यालयहरुको एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीको तथ्याङ्क संकलन, प्रमाणीकरण र अद्यावधिक गर्ने कार्य;
  • विपन्न लक्षित छात्रवृत्ति, द्बन्द्बपीडित, अपाङ्गता भएका र दलित विद्यार्थीका लागि प्राप्त हुने संघीय छात्रवृत्ति कार्यक्रमको छनोट र वितरणमा समन्वय गर्ने कार्य;
  • संघीय र प्रादेशिक रोयल्टी वा सशर्त अनुदानबाट सञ्चालित शैक्षिक कार्यक्रमहरुको भौतिक एवं वित्तीय प्रगति अनुगमन गर्ने कार्य;
  • विद्यालय भवन, प्रयोगशाला र पुस्तकालय निर्माण सम्बन्धी योजनाहरुको विवरण संकलन र माथिल्लो निकायमा सिफारिस गर्ने कार्य;
  • शैक्षिक कार्यक्रमहरुको मासिक, त्रैमासिक र वार्षिक प्रगति प्रतिवेदन तयार गरी शिक्षा विभागमा पठाउने कार्य।

१.२ विद्यालय प्रशासन शाखा

यो शाखा शिक्षकहरुको सेवा सर्त अभिलेख व्यवस्थापन र विद्यालय प्रशासन सम्बन्धी कानुनी एवं प्रशासनिक कार्यका लागि जिम्मेवार हुन्छ।

  • एकाइ एवं एकाइमा कार्यरत कर्मचारीको दैनिक प्रशासनिक कार्य;
  • शिक्षकहरुको नियुक्ति, सरुवा, बढुवा र पदस्थापनाको जिल्ला स्तरीय अभिलेख अद्यावधिक राख्ने कार्य;
  • सेवा निवृत्त शिक्षकहरुको पेन्सन पट्टा (नियुक्तिभरण अधिकारपत्र) र उपदान सम्बन्धी कागजात तयार गरी राष्ट्रिय कलेजियम वा शिक्षक कितावखानामा सिफारिस गर्ने कार्य;
  • शिक्षकहरुको असाधारण बिदा, अध्ययन बिदा स्वीकृतिको प्रक्रिया अगाडि बढाउने र नियम विपरित कार्य गर्ने शिक्षकमाथि विभागीय कारबाहीको सिफारिस गर्ने कार्य;
  • शिक्षक तथा कार्मचारीहरुले बुझाउने वार्षिक सम्पत्ति विवरण संकलन र व्यवस्थापन गर्ने कार्य;
  • शिक्षकहरुको कार्यसम्पादन मूल्याङ्कन फाराम संकलन, दर्ता र शिक्षक सेवा आयोगमा पठाउने कार्य;
  • दरबन्दी मिलान, शिक्षक आवश्यकता पहिचान र विद्यालय अनुमतिस्वीकृति सम्बन्धी कार्यमा स्थानीय तहलाई नीतिगत परामर्श दिने कार्य।

१.३ परीक्षा शाखा

यो शाखा जिल्ला भित्र सञ्चालन हुने राष्ट्रिय तथा क्षेत्रीय स्तरका परीक्षाहरुको गोपनीयता सुरक्षा र व्यवस्थित सञ्चालनका लागि जिम्मेबार हुन्छ।

  • माध्यमिक शिक्षा परीक्षा (Grade 10-SEE) को जिल्ला स्तरीय परीक्षा समन्वय समितिको सचिवालयको रुपमा कार्य गर्ने;
  • परीक्षा केन्द्रहरु तोक्ने, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकहरुको नियुक्ति तथा परिचालन गर्ने कार्य;
  • राष्ट्रिय परीक्षा बोर्डबाट प्राप्त प्रश्नपत्रहरुको गोपनीयता कायम राख्ने र उत्तरपुस्तिकाहरु सुरक्षित संकलन गरी तोकिएको केन्द्रमा पठाउने कार्य;
  • विद्यार्थीहरुको शैक्षिका प्रमाणपत्र मार्कसिट वा लेजरमा देखिएका नाम, थर, जन्ममिति र हिज्जे सच्याउनका लागि कानुनी प्रमाण जाँच गरी राष्ट्रिय परीक्षा बोर्डमा सिफारिस गर्ने कार्य;
  • हराएका वा नष्ट भएका शैक्षिक प्रमाणपत्रहरुको प्रतिलिपि निकाल्नका लागि आवश्यक प्रक्रिया र सिफारिस गर्ने कार्य;
  • स्थानीय तहले सञ्चालन गर्ने आधारभूत तह उत्तीर्ण परीक्षाको प्राविधिक तयारी र कक्षा ११/१२ को परीक्षा सञ्चालनमा समन्वय गर्ने कार्य।